८ मंसिर २०८१, शनिबार

नोबेल मेडिकल कलेजमा २ कोरोना संक्रमितको मृत्यु



 

काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहाले जानकारी दिए ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो ।

झापाका पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको जनाएको छ । उनमा मधुमेहको पुरानै समस्या थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !