८ मंसिर २०८१, शनिबार

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



 

काठमाडौ । आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँनेछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !