४ बैशाख २०८१, मंगलवार

एक वर्षमा प्रधानमन्त्री ओली कार्यालयमा ३६४ दिन गयल



 

काठमाडौं । २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओली एक दिनमात्र कार्यालयमा हाजिर भएका छन् । अर्थात्, उनी ३​६४ दिन गयल भएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठकमा प्रायः गयल भइरहेका प्रधानमन्त्री ओलीले २०७७ सालमा सिंहदरबारमा जम्माजम्मी एकचोटि पाइला टेकेका छन्, त्यो पनि प्रधानमन्त्रीको नियमित काममा लागि नभई पुरानो प्रधानमन्त्री कार्यालय भवनको उद्घाटनका लागि रिबन काट्न गएका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबार करिब साढे ३ किलोमिटरको दुरीमा छ । वर्ष दिनमा जम्मा एक दिन सिंहदरबार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषदको कार्यालय र आफ्नो कार्यकक्ष अवलोकन गरेर बालुवाटार फर्केका थिए ।

२०७८ सालको सुरुवाती दिनमा चाहिँ प्रधानमन्त्री ओली नयाँ वर्षको पहिलो दिन नै सिंहदरबार जाने भएका छन् । देशवासीलाई २०७८ सालको शुभकामना दिनका लागि बुधबार बिहान ८ बजे प्रधानमन्त्री ओली सिंहदरबारमा उपस्थित हुँदैछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !