७ बैशाख २०८१, शुक्रबार

उत्तर प्रदेशमा विद्यालय बन्द



 

काठमाडौं । कोरोना संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा सबै विद्यालयहरु बन्द गरिएको जनाएको छ । उत्तर प्रदेश सरकारले ३० अप्रिलसम्म विद्यालयहरु बन्द गराएको हो ।

दिनहुँ एक सयजना नयाँ संक्रमित फेला परेका वा पाँच सय सक्रिय संक्रमित भएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यु जारी गरिएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिएका छन् । राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुने जानकारी दिएका छन् ।

लखनउ, कानपुर, गोरखपुर, गौतमबुद्ध नगर, इलाहाबाद, मेरठ, गाजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा यसअघि नै रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो ।

यसअघि आठ कक्षासम्मका कक्षाहरु ११ अप्रिलसम्मका लागि बन्द गराएको उत्तर प्रदेश सरकारले सोमबारबाट सबै स्कुलहरु ३० अप्रिलसम्म बन्द गर्ने निर्णय गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !