१२ बैशाख २०८१, बुधबार

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोभिड १९ विरुद्ध दोस्रो डोज



 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध को भ्याक्सिनको दोस्रो डोज लगाएका छन्। दिल्लीस्थित एम्स अस्पतालमा पुगेर मोदीले भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनको दोस्रो डोज लगाएको एएनआइले उल्लेख गरेको छ।

पहिलो डोज मोदीले मार्च १ मा लगाएका थिए। भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कोरोनाविरुद्ध भ्याक्सिन लगाउने अभियान जारी रहेपनि भ्याक्सिनको उत्पादन आवश्यकता अनुसार भइरहेको छैन।



प्रतिक्रिया दिनुहोस !