भारतमा फेरि बढ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या
काठमडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमितको यो संख्या यस वर्ष सुरु भएयताकै सबैभन्दा बढी हो । यस अवधीमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ५९ हजार ९६७ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।