७ बैशाख २०८१, शुक्रबार

चर्चित खगपु अब हिरो बन्ने



काठमाडौं । कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’ ‘छन्दे’ फिल्मको पर्दामा हिरोको रुपमा देखिने भएका छन् ।

माधव राज खरेलको निर्देशन रहेन नयाँ फिल्ममा खबपु र गोपाल मुख्य अभिनेताको रुपमा अनुबन्धित भएका हुन् ।पिम नेपालको प्रस्तुति रहने फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्मका लागि मोहन निरौला, नवराज थापा, मुस्कान लामा समेत कलाकारको रुपमा छानिएको निर्देशक खरेलले बताए । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर समेत रहेको छ ।

यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड’ को तयारी गरेका थिए । तर कोरोनाको कारण उक्त फिल्म निर्माण हुन सकेन ।शान्ति प्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा साहिल चौधरीको छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्मको बैशाखको तेश्रो साताबाट छायाँकन सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !