१६ चैत्र २०८०, शुक्रबार

खुले नौ महिनादेखि बन्द रहेको म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र(फोटो फिचर)



म्याग्दी । कोरोना भाइरसका कारण गएको नौ महिनादेखि बन्द रहेका म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र खुलेका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको जोखिम नियन्त्रणका लागि बन्द गरिएको पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल बुधबारदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ ।

राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल नौ महिनापछि खुलेका छन् ।

यसैगरी म्याग्दीको गलेश्वर शिवालय, पौलस्त्य पुलहाश्रम, जगन्नाथ धाम तथा अन्य मठमन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।

 

सरकारले जारी गरेको जनस्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी होटल, रेस्टुरेन्ट र धार्मिकस्थल खुला गरिएको छ ।

घोडेपानीमा मात्रै साना–ठूला गरी ३५ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।

 



प्रतिक्रिया दिनुहोस !