१६ चैत्र २०८०, शुक्रबार

इन्टरनेट कनेक्सन नभएपनि हेर्न सकिन्छ यूट्यूबका भिडियोहरु, जानीराख्नुस् तरीका



काठमाडौं ।यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्, तर बफरिङले हैरान भएका धेरैजसो मानिसहरुमा युट्यूब भिडियो डाउनलोड गरेर हेर्ने आदत बसेको छ ।

तर यूट्यूवले केही समयदेखि दिएको भिडियो डाउनलोड गर्ने अप्सनले यूट्यूवमै  भिडियोहरू अफलाइन हेर्न सकिने भएको छ ।

कुनै पनि भिडियो अफलाइन डाउनलोड गर्न, सबैभन्दा पहिले प्रयोगकर्ताले भिडियोको तल भएको डाउनलोड अप्सनमा क्लिक गर्नुपर्छ ।

भिडियोको तल भागमा डाउनलोड लेखिएको स्थानमा क्लिक गरेपछि, तपाईंको नोटिफिकेसन बारमा भिडियो डाउनलोड गर्नको लागी एक सूचना देख्नुहुनेछ। जहाँ तपाईंले कति भिडियो डाउनलोड गरिएको छ भनेर सजिलैसँग हेर्न सक्नुहुन्छ।

डाउनलोड भएको भिडियोबारे थाहा पाउनुपर्ने कुरा

डाउनलोड गरेको भिडियो स्मार्टफोनको स्टोरेजमा नै बस्नेछ र त्यो यूट्यूब लाइब्रेरीमा देखिन्छ । तर डाउनलोड गर्नका लागि भने तपाईँको स्मार्टफोनमा इन्टरनेट कनेक्सन भएको हुनुपर्दछ । त्यस्तै स्मार्टफोनमा डाउनलोड भएको भिडियो अट्नसक्ने स्टोरेज पनि हुनुपर्नेछ ।

उक्त भिडियो हेर्न यदि तपाईंसँग इन्टरनेट कनेक्सन छैन वा तपाईं अफलाईन हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईँले पहिले नै डाउनलोड गरिएको भिडियोहरु सजिलैसँग हेर्न सक्नुहुनेछ ।यस्तो बेलामा इन्टरनेट कनेक्सन आवश्यक पर्दैन् ।

यूट्यूबमा भएको लाइब्रेरी सेक्सनमा क्लिक गरेपछि, तपाईँले पहिले नै डाउनलोड गरेर सुरक्षित गरिएका भिडियोहरूको सबै सूची देख्नुहुन्छ। जहाँबाट यी भिडियोहरू सजिलै तपाईँ अफलाइन भएको समयमा पनि हेर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !