७ बैशाख २०८१, शुक्रबार

रहरै रहरको शहर काठमाडौं भित्रका पर्दा पछाडिका अनुत्तरित प्रश्नहरु



रेखा सारू

काठमाडौं । गाँउ देखी सहर आउनेको घुईचो सायद कहिले कम हुने छैन । वर्तमान अवस्थाले गर्दा उज्यालो भविष्यको सपना बोकेर प्रविघि र आधुनिक सुविधाको किरण खोज्दै देशका कुना कन्दराबाट हरेक सहर भित्रिन रहर संगै बाध्यता बन्दै गईरहेको छ । हालको परीवेशलाई नियाल्दा शहर मध्य कै हरकोहिको लागि रहरै रहर अनि सपनाको सहर हो, काठमाडौं ।

यहि लहर संगै सपनाको सागरमा बग्दै राजधानि काठमाडौंमा आईपुग्ने व्यक्तिहरु मध्यको त्यो एक व्यक्ति म पनि हु । मानिसले जब जन्म लिन्छ, उसले यो दुनियाँलाई नियाल्ने सौभाग्य पाउँछ । त्यो भाग्य मैले नि प्राप्त गरेकी छु । जन्म सँगै मानिसलाई गाँस, बास, कपास, शिक्षा लगायतका आधारभुत अपरीहार्य वस्तुको आवश्यक जिवनकाल भरी चाहिने मुलभुत कुरा हो ।

कुरा यहाँ जोडिन्छ, जब मानिसले आवश्यकता अनुसार जिवन चलाउनेमा भन्दा चाहना अनुसारको जिवन जिउन खोज्छन्र । तब जिन्दगीमा संघर्षका पाटाहरु सुरु हुन्छ । फेरी यो पनि हैन कि, चाहना अनुसार जिवन जिउनु दुख नै पाउनु पर्छ भन्ने हैन । यो कुराले मानिसलाई एउटा नयाँ उचाईमा पुर्यानुको साथै सफता हासिल गर्नको लागि मुल सुत्र बन्न पनि पुग्छ । हो यहि अनुरुप आवश्यक्ता संगै आफ्ना इच्छा र चाहानालाई जिवनको पाटोमा लिएर सुनैलो सपना मैले नि देखेको छु । एउटा सुन्दर भविष्यको खोजिमा जिम्वेवारीलाई काधमा लगाएर मैले यो काठमाडौं सहरमा पाईला टेकेको पनि करिब ६ बर्ष बिति सकेछ ।

यतिका समयको अन्तरालमा मैले जिवनको हरेक कोणकाट देखेको र भोगेको सहर मध्यकै सपनाको सहर हो, राजधानि काठमाडौं। हरेकको दृष्टिकोणबाट अलग अगल आँखाबाट फरक धारमा हेरीन्छ , यो सहरलाई । यहाँ मानिसलाई जिवन चलाउन हरेक पाईला पाईला पैसा चाहिन्छ । हो यो यस्तो ठाउँ जहाँ खाएको चिजलाई विर्सजन गर्नको लागि समेत पैसा आवश्यक पर्छ । हरेक व्यक्ति काठमाडौं सरहमा धनि छन । पैसा मै खान्छन,सुत्छन ,उढ्छन, पैसामा नै हिन्छन । किन भने साथमा पैसा छैन , पाईला रोकिन्छ, पैसा छ पाईला आफै चालिन्छ ।

यहाँ सहयोगको भावना अलि कम नै हुन्छ । गाउँमा जस्तो चामल,तेल सकिदा पैचो ल्याउने सापटि ल्याउने भन्ने जस्तो सजिलो हुन्न । त्यसैले त संघर्ष गर्न सिकाउछ । यो सहरले हरेक व्यक्तिलाई । हो त्यहि संघर्षको बाटोमा कतिले सफता हासलि गर्छन त कतिले जिवन नर्कतुल्य बनाउछन् । यहि ठाउँमा म पनि संघर्ष गरीरहेको छु जिवनलाई नयाँधारमा पु¥याउन मेरा पाईला निरन्तर गतिशिल रहनेछ । सुनैलो त्यो भविष्यलाई अङ्गाल्दै यो वर्तमान अवस्थमा यहि काठमाडौंमा संघर्षरत जिवन बिताईरहेको छु ।

कुनै बेला कुनै समय बिदाका बखत काठमाडौंको घुम्ने गर्छु, नियाल्ने कोसिस गर्छु । यो आखाँले मन नै छियाँ छियाँ हुने दृष्य देख्दा मन पोल्ने गर्छ । आखाँ रसाउँछन । सडकका पाटाहरुमा लडिरहेका बृद्धबृद्धा बाआमा हात फैलाएर तेही पापी पेटको लागि मागि रहेको देख्दा , अनि सडकका बालबालिका अचेत अवस्थामा कुनै भविष्य नै छैन , केवल बर्तमान छ । त्यो पनि मात्र एक पेट खान र एक च्यात लागाउन पनि छैन । म केही गर्न सक्दिन यी निर्दही आखाले हेर्न र पापि मनले कठै भन्नु सिवाय मात्र केहि रुपिया हातमा थमाउन बाहेक न त म ल्याएर पाल्न नै सक्छु न त ती बालबालिकाको लगि भविष्य नै बनाउन सक्छु ।

यस्तो ठाउँ पनि छ यो सहरमा जहाँ दिनदाहाडै मान्छले मान्छेकै मोलमोलाई गर्छन । जहाँ एउँटा पशु बेचेको जस्तै बार्गेनिङ्ग गर्छन कतिमा किन्ने अनि कतिमा बेच्ने । काठमाडौं भित्रकै ठाउँ हो यो, रत्नपार्क जहाँ बस स्टेसन छ । सबै ठाउँबाट जाने देखि आउने यात्रुहरुको निकै भिडभाड हुने गर्छ । फुटपाथमा व्यावसाय गर्ने देखि दैनिकी कार्यमा हिड्ने मानिसहरु निकै देख्न सकिन्छ । हो त्यहि रत्नपार्कको सडक छेउमै मानिसको भाउ लगाउनेको पनि कमि नहुदो रहेछ ।

“जाने हो दाई “
“कति हो र ?”
“५ हजार भन्दा कम हुदैन दाई”
“आमामा ५ हजार, महँगो भो !”

…………………………

…………………………

……………………………


ती दुई व्यक्ति बिच भएको संवादले मेरो मनमष्तिकमा हान्यो । सडक पार गदै सोच्दै कमल पोेखरी जाने बाटो हुदै आफ्नो बाटो लागे। बाटोभरी सोच्दै हिडे। के थियो सम्बन्ध साइनो रु पबित्र दाईको साईनो अनि व्यावहारमा पशुको सरह मोलमोलाई । के वाध्यता थियो होला त्यो बहिनीको ? कति सपना साचेर सहर आएकी थिई होला, ? सुनौलो भविष्य खोज्दै कस्तो नर्कतुल्य जीवन बिताईरहेकी होलिन ? किन यस्तो बाध्यता आईलाग्यो ? यस्ता अनुत्तरित प्रश्नले मेरो मानसपटलमा तरंग उठाई रह्यो ।

उसको जीबन देख्दा देशबिदेशमा कति चेली पिडित होला यहि सहरमा पनि यस्तो छ अबस्था । यसमा समाजको दायित्व के थियो त्यो बैनिकै बाध्यता के थियो सायद यो मैले बुझ्न सकिन यस्ता बाध्यतालाई न्युनिकरण गर्न समाजका हरेक दृष्टिकोण आफनो कर्तव्य भुलेको हो कि यस्तै हो,भने भोलि हामिले देखेका सपना कता विलयन हुन्छन् पतो नै छैन् ।

त्यसैले जीवन संघर्षको पाटो हो, सामाजका यस्ता विथिति र बाध्यता हटाएर जीवनमा थाकेर बस्नुस तर हाररे नबस्नुस् । नत्र जीवन रहन बरु जिवन नर्कतुल्य बन्न कुनै समय लाग्दैन । त्यसैले एउटा जिवन पाएका छौ कसरी जिउने तपाईको हातमा छ संघर्ष गरे चित्र अल्छी गरे विचित्र भने जस्तै हुन्छ । यति संघर्ष गर्नुस कि भाग्यले पनि भनोस तेरो संघर्षको अगाडी म झुक्न बाध्य भए ।



प्रतिक्रिया दिनुहोस !