८ मंसिर २०८१, शनिबार

ओलीले ८३२ मत ल्याउँदा रावलका पक्षमा ९३



चितवन । एमाले अध्यक्षको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले भारी मतका साथ अग्रता लिएका छन्। एमाले निर्वाचन आयोगका अनुसार ओलीले अर्का प्रत्यासी भीम रावललाई निकै पछाडि पारेका छन्। पछिल्लो नतिजाअनुसार ओलीले ८३२ मत ल्याउँदा रावलले ९३ मत ल्याएका छन्।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ। यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ। अरू सबै पदमा सर्वसम्मत भएको थियो। अहिले मत गणना जारी छ।



प्रतिक्रिया दिनुहोस !