भक्तपुर क्षेत्र नं.१ (क) मा २१ घण्टा सवारी प्रवेशमा रोक
काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं. १ (क) मा शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभाको मतदान हुने भएकोले सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गरी शुक्रबार राति १२ बजेदेखि शनिबार राति ९ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएकोछ ।
तर, एम्बुलेन्स, शव बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन भने सञ्चालन हुने प्रशासनले जनाएको छ ।
यी हुन् सवारी आवागमनमा रोक लगाइएका नाकाहरु :