सर्वोच्चमा बारको पाँचौँ चरणको आन्दोलन सुरु
काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पाँचौँ चरणको आन्दोलन सुरु भएको हो ।
सोमबार बसेको बारको कार्यसमिति बैठकले जबराविरुद्धको आन्दोलन यथावत् राख्ने निर्णय गरेसँगै बारले पाँचौँ चरणको आन्दोलन थालेको हो ।
बारले गोलाप्रथा प्रणालीबाट पेसी व्यवस्थापनका क्रममा प्रधानन्यायाधीशलाई सहभागी नगराउन, सहभागी भएको खण्डमा प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्न, न्यायाधीश र प्रधानन्यायाधीशको इजलासमा बहस नगर्न कानुन व्यावसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।