८ मंसिर २०८१, शनिबार

२ हजार ८१ जनाले गरे मतदान, केहीसमयमा मतगणना सुरु



चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान ४ बजेबाट सुरु भएको मतदान केही समय अगाडि सकिएको हो । २ हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ जनाले मतदान गरेका केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो । विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्थाबाट एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजकद्धारा जानकारी प्राप्त भयो । मतगणना सुरु गरेको करिब बढीमा तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने छ ।

प्राविधिकसँग छलफल गरेर मत गणना सुरु गरिनेछ ।

 



प्रतिक्रिया दिनुहोस !