५ मंसिर २०८१, बुधबार

हिजो राति स्थगित भएको एमालेको बन्दसत्र अझै सुरु हुन सकेन



सौराहा । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हिजो राति स्थगित गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । आज बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र दिउँसो 3 बजेसम्म सुरु भएको छैन ।

आजको बन्दसत्रले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो । सोहीअनुरूप हिजोको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको प्रस्ताव गर्ने अधिकार दिएको थियो ।

ओलीले पनि सर्वसम्मत नेतृत्व चयन हुने बताइरहेका छन् । उनले हिजोको बन्दसत्रमा बोल्दै सहमतिमै नेतृत्व चयन गर्ने बताएका थिए ।

अध्यक्षको दाबी गरिरहेका भीम रावलले भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्ने माग गरिरहेका छन् । सहमति जुटाउन नेताहरू छलफलमा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस !