८ मंसिर २०८१, शनिबार

अधिवेशन पश्चात मन्त्रिपरिषद् बिस्तार



काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पार्टीहरूको अधिवेशनपछि प्रदेश १ सरकारको मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

पार्टीहरूको अधिवेशन चलिरहेकाले सरकारले पूर्णता पाउन सकेको छैन । महाधिवेशन चलिरहेकाले अहिले मन्त्रिपरिषदको बिस्तार हुन सकेको छैन । यो महिना भित्रमा सरकार बिस्तार हुन्छ । सत्ता साझेदार दलमध्ये कांग्रेस र माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ ।

संसदीय दलका नेता कोइरालाले प्रदेश १ को मन्त्रिपरिषदको आकार ठूलो हुने संकेत गरे । यो महिना भित्रमा प्रदेश १ सरकार विस्तार हुन्छ । संविधानले दिएको अधिकार अनुसार मन्त्रिपरिषदको बिस्तार गरिने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !