७ मंसिर २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र) को काठमाडौं महानगर अधिवेशन (फोटो फिचरसहित)



काठमाडौं। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को आजबाट ७ सय ५३ वटै पालिकाको सम्मेलन गर्दैछ । अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल सम्बोधन गरेर सम्मेलनको उद्घाटन गरेका छन् । काठमाडौं महानगरको अधिवेशन भने राष्ट्रियसभा गृहमा हुँदैछ । त्यसको लागि राष्ट्रियसभा गृह सजिसजाउ गरिएको छ ।

भर्चुअल सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए ।

उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्‍यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । माक्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।

तस्विरमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !