एमाले महाधिवेशन : आन्तरिक तयारी नपुगेको भन्दै पर सारियो बन्दसत्र
सौराहा। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने भनिएको बन्द सत्र दुई घण्टाले धकेलियो छ ।
आज बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने भनिएकोमा अझै सुरु भएको छैन । बन्द सत्रलाई एमाले अध्यक्ष केपी ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्दै छन् ।
अहिले महाधिवेशन प्रतिनिधिहरुलाई परिचय पत्र वितरणको काम भइरहेको छ । शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो।