८ मंसिर २०८१, शनिबार

जनसंख्या ३ करोड पनि नपुग्ने, घरबारविहीनहरुको पनि गणना गरियो



काठमाडौं । नेपालको जनसंख्या ३ करोड नपुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन शुक्रबार केन्द्रीय तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने देखिएको जनाएको हो । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बाल मृत्युदर घटेको र जन्मदर पनि २।१ प्रतिशत रहेकाले देशको समग्र जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडबीचमा रहने देखिएको छ । यो प्रारम्भिक तथ्यांक हो । यसको यकिन तथ्यांक आउन केही समय लाग्छ ।

राष्ट्रिय जनगणनाको मूल गणनामा छुटेकाहरुको तथ्यांक केही दिन अझै संकलन गरिनेछ। गणना अघि लिष्टिङ्गमा परेकाहरु जो मुल गणना कार्यमा छुट्नुभएको छ, उहाँहरुको गणना केही दिनसम्म गरिन्छ । जनगणनामा समावेश हुन नपाएको गुनासो सर्वसाधारणबाट आएका कारण पनि यसलाई केही दिन निरन्तरता दिन लागिएको हो ।

यस पटकको जनगणनामा सबै समुदाय सहभागी भएका छन् । राउटे, कायत समूदाय पनि जनगणनामा सहभागी हुनुभएको छ । सबै समुदाय राष्ट्रिय अभियानमा सहभागी भएका छन् । १२औं संस्करणको राष्ट्रिय जनगणना सफलतापूर्वक सम्पन्न भएको छ । घरबारविहीन सडकमा बस्नेहरुको पनि गणना गरिएको छ।

आगामी पुसदेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब ३ महिनापछि प्रारम्भिक नतिजा तथा १ वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गर्ने समय तालिका रहेको महानिर्देशकले बताएको छ ।

चार गणकको निधन भएको छ ।



प्रतिक्रिया दिनुहोस !