समयमा नै मान्छे चिन्ने गर्नुहोस, जमना एकदमै खराब छ
एजेन्सी। आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ। कसैले पनि दुनियाँलाई बदल्न सक्दैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ ।
मान्छेले कुनै पनि चिजको महत्व दुइ पटक मात्र बुझ्दछ, एक पटक पाउनु भन्दा पहिला र अर्को पटक गुमाईसके पछी । एउटा राम्रो मन लाखौ राम्रो अनुहार भन्दा राम्रो हुन्छ, रोज्नु छ भने मन हेरेर रोज्ने गर, अनुहार हेरेर होइन । कहिलेकाही हामी बाहिरको चुनौतीले होइन आफैं भित्रको कमजोरीको कारणले हार्ने गर्छौं। राम्रो व्यवहार को चाहे कुनै आर्थिक मूल्य होला नहोला , तर करौडो दिललाई किन्ने शक्ति राख्छ।
सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ । ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ। आफ्नो आलोचनाको जवाफ आफ्नो जवाफ ले होइन आफ्नो महत्वपुर्ण कार्यबाट देउ ।
एउटा इच्छाले केही बदलिदैन, एउटा निर्णय ले केही बदलिन्छ तर एउटा निश्चयले सबथोक बदलदिन्छ। जो सङ्घर्ष गर्दछ , एकदिन ऊ अवस्य शिखर मा पुग्दछ । आफ्नै लाग्छन ति मान्छेहरु जो आवश्यकता परेका बेला सल्लाह, सुझाव होइन साथ र समय दिन्छन । हिलोमा फुल्ने कमल र भिरमा फुल्ने लालिगुरास यस कुराका साक्षी हुनकि साहस र गुण आफुमा हुनुपर्छ, वातावरण र स्थानले फरक पार्दैन ।
मान्छेले के भन्लान ? भन्ने मानसिकता ले तपाईलाई अघि बढ्न दिदैन। जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ । ध्यान राख्नुस समय र स्थिति कुनै बेला पनि बदलिन सक्छ त्यसैले कहिल्यै कसैलाइ अपमान नगर्नुस।
समयमा नै मान्छे चिन्ने गर्नुहोस जमना एकदमै खराब छ, सहि गर्दा गर्दै पनि खराब भइ दिन्छ ।