७ मंसिर २०८१, शुक्रबार

नारायणी किनारमाा यस्तो छ महाधिवेशनको रौनक (फोटो फिचरसहित)



काठमाडौँ। नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा शुरु हुँदै छ । महाधिवेशनका लागि यहाँ ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित भइसकेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनस्थल नारायणी नदी तटमा अहिले केहिबेरमा उद्घाटन गर्दैछन् ।

महाधिवेशन उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा रौनक देखिएको छ । यहाँ नेता–कार्यकर्ता ठूलो भिड जम्मा भइसकेको छ । सहभागीहरू आपसमा कुराकानी, दृष्य अवलोकन, तस्बिर खिच्नलगायतमा व्यस्त छन् । महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा अध्यक्ष ओली निकट मानिने पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

देशका विभिन्न क्षेत्रमा सहभागी हुन नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशन आइतबारसम्म चल्नेछ । सो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

हेर्नुहोस् तस्विर :

 

 



प्रतिक्रिया दिनुहोस !