एमाले महाधिवेशन उद्घाटन हुनु अघि नै भत्कियो स्वागतद्वार
चितवन । औपचारिक रुपमा उद्घाटन हुनुअघि नै नेकपा एमालेको महाधिवेशनका लागि बनाइएको स्वागतद्वार भत्किएको छ । बिहीबार साँझ सौराहको हातीचोकमा बनाइएको सहायक स्वागतद्वार भत्किएको हो ।
एमालेको १०औं महाधिवेशनका चितवनमा मात्रै ५० वटा स्वागतद्वार बनाइएको छ । २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ ।आज औपचारिक उद्घटन हुँदैछ । महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु चितवन पुगिसकेका छन् । देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ ।
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबार (आज)बाट चितनवमा शुरु हुँदैछ । एमालेको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको महाधिवेशन उद्घाटन आज अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।
मध्यान्ह १२ बजे हुने उद्घाटन कार्यक्रम नारायणी नदी किनारमा हुनेछ । त्यसपछि बन्दसत्र सौराहमा हुनेछ ।हाधिवेशनका लागि सम्पूर्ण तयारी भइसकेको एमालेले जनाएको छ । मंसिर १० गतेबाट शुरु हुने महाधिवेशन १२ गतेसम्म ३ दिन चल्नेछ । एमालेको महाधिवेशनमा देशभरीबाट करिब ५ लाख कार्यकर्ता उतार्ने एमालेको लक्ष्य रहेको छ ।महाधिवेशनको पूर्वसन्ध्यामा अझैपनि देशभरबाट कार्यकर्ताहरु चितवन आउनेक्रम जारी रहेको छ । अध्यक्ष ओलीसहित पार्टीका शिर्ष नेताहरु बिहीबार नै चितवन पुगिसकेका छन् ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । यद्यपि त्यावश्यक सवारीसाधन चल्न पाउनेछन् ।पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने सवारी साधनलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको चितवन प्रशासनले जनाएको छ ।