८ मंसिर २०८१, शनिबार

प्रकाश महर्जन : ‘मेरो टाउको, छाती र खुट्टामा प्रहार भयो’



काठमाडौं । नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनले न्यायालयमा दंगा प्रहरीको प्रवेश स्वीकार नहुने बताएका छन् । अदालतमा प्रहरीले हस्तक्षेप गर्न नहुने उनको उल्लेख छ ।

मंगलबार सर्वोच्च अदालत परिसरमा आयोजित धर्नाका क्रममा बोल्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालय समाप्त पार्न लागेको जिकिर गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले आफूमाथि कुटपिट गरेको उनको भनाइ छ ।

“अदालत स्वायत्त हुनुपर्ने ठाउँ हो । तर, यहाँ दंगा प्रहरी परिचालन गरियो । मलाई झडपका क्रममा चोट लागेको होइन । ठेलमठेल चल्दै गर्दा मलाई तानेर लगेर अर्को घेरामा राखेर हानियो,” उनले भने, “मेरो टाउको, छाती र खुट्टामा प्रहार भयो । टाउको र छातीमा समस्या भए पनि भाग्यवश गम्भीर चोट रहेनछ । विस्तारै ठिक हुँदै जाला । तर, खुट्टामा लागेको चोट जम्भीर भएकाले धेरै दिन रेस्ट गर्नुपर्ने अवस्था छ ।”

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारको अगुवाइमा वकिलहरू अन्दोलित छन् । गएको बिहीबार सर्वोच्च परिसरमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठी प्रहार गर्दा प्रकाश महर्जन घाइते भएका थिए ।

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्नेमा पनि जोड दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !