८ मंसिर २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठक सुरु, के आउला निर्णय ?



काठमाडौँ। नेकपा एमालेको हिजो सोमबार स्थागित भएको स्थायी कमिटी बैठक आज मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा बैठक सुरु भएको छ ।

बैठकमा चितवामा हुन गइरहेको एमाले महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुनेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ । महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ।

यसैबीच, एमालेको १० औं महाधिवेशनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू बढ्ने भएका छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा पार्टी सदस्य संख्या बढेकाले महाधिवेशन प्रतिनिधि पनि बढने भएको एमाले नेताहरु बताउछन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले अनुमान गरिए भन्दा डेढ लाख पार्टी सदस्य थपिएकाले प्रतिनिधि संख्या पनि बढने भएका हुन् । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित २१ सय ५० देखि २२ सय सम्म प्रतिनिधि पुग्नसक्ने अनुमान छ।



प्रतिक्रिया दिनुहोस !