३ मंसिर २०८१, सोमबार

दुर्गम जिल्लामा पनि हुन थाले नियमित उडान, स्थानियलाई सुविधा



काठमाडौं। सरकारी स्वामित्वको लनेपा एयरलायन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लामा नियमित उडान भर्न थालेको छ । अहिले एयरलाइन्सले सिमकोट विमानस्थलमा सातामा ३ वटा उडान भर्न थालेको छ ।

विमानस्थलमा यात्रुको चाप वृद्धि भएपछि उडान थप गरिएको नेपाल एयरलाइन्स सिमकोटले जनाएको छ । सिमिकोट हुम्लामा हप्तामा एउटा मात्रै उडान हुने गरेको थियो । अहिले हप्तामा तिन दिन (आइतबार, सोमबार र बिहीबार) उडान भइरहेको छ ।

एयरलाइन्सको उडान नियमित भएसँगै जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रुलाई भने सुविधा पुगेको छ । बाहिर जाने यात्रु र बिरामीले सहज सुविधा पाइरहेका छन् । खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य सामानको ढुवानी पनि सहज बनेको छ । स्थानीय कृषि उत्पादनले पनि सहज बजार पाइरहेको बताछ ।

अहिले सिमकोट विमानस्थलमा नेपालगन्ज र सुर्खेतबाट सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भरिरहेका छन् । चाडपर्व मनाउन आएका स्थानीय धमाधम फर्कन थालेपछि निजी एयरलाइन्सले पनि उडान बढाएका हुन् । अहिले बिहानैदेखि दिउँसो ४ बजेसम्म धमाधम उडान भइरहेको सीता एयरलाइन्सले जानकारी दिएको छ ।

नेपाल  एयरलाइन्सले सिमकोटबाट नेपालगन्जसम्मको भाडा ६ हजार ९ सय १० रुपैयाँ तोकेको छ । तारा र सीतालगायतका निजी एयरलाइन्सले ६ हजार ३० रुपैयाँ भाडा तोकेका छन् । समिट एयरले ६ हजार १ सय ३० रुपैयाँ भाडा लिइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !