८ मंसिर २०८१, शनिबार

एमाले महाविधेशनका लागि स्वागतद्वार निर्माण हुदैँ



भरतपुर । नेकपा एमालेको चितवनमा हुन गइरहेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारीका काम तीव्ररुपमा अगाडि बढिरहेको छ । महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्र रुपमा अघि बढिरहेको छ ।

महाधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अघि बढिरहेको छ ।

प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेशण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थानको काम भइरहेको समितिले जनाएको छ । जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको छ । मुख्य राजमार्ग र सहायक राजमार्ग गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने छ। समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पु¥याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको छ ।

महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएछ । महाविधेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरुमा समन्वय भइरहेको छ । नेकपा एमालेको महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिनेछ ।

महाधिवेशनमा व्यापक रुपमा जनसहभागिता गराउँदै उद्घाटन स्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको छ । महाविधेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको छ ।

चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने छ । केन्द्रीय बसपार्क, वागीश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारीको काम अगाडि बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !