८ मंसिर २०८१, शनिबार

भरतपुरको कुमारी बैंक शाखामा धर्ना



चितवन। नेपाल भ्यालुयर्स एसोसियसन चितवन च्याप्टरले कुमारी बैंक भरतपुर शाखामा धर्ना कसेको छ । वीरगन्ज च्याप्टरका सदस्य इन्जिनियर राजेसकुमार चौरासीयालाई केन्द्रीय अनुसन्धान व्युरोले २२ गते नियन्त्रणमा लिएपछि एसोसिएसन आन्दोलित बनेको हो । बैंकको भरतपुर शाखामा १ घण्टा धर्ना बसेका हुन्।

गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा १ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण प्रवाह कार्यमा संलग्न भएको आरोपमा ३ जना ऋणी पक्षका, १ जना बैंकका कर्मचारी, जग्गा मूल्यांकनकर्ता इन्जिनियर चौरासीया प्रहरी हिरासतमा छन् । नक्कली कागजात बनाएर ऋण स्वीकृति दिएको भन्दै कुमारी बैंक आलोचित बनेको छ ।

चितवन च्याप्टरले प्ले कार्ड सहित धर्ना दिएको थियो । प्ले कार्डमा काम गर्नेलाई इज्जत किन ?, गलत गर्नेलाई कारवाही गर, इञ्जिनियरलाई होइन लगायतका नारा थिए । चौरासीयाको निशर्त रिहाइ नभएसम्म कडा आन्दोलन गरिने छ । बैंकले उपलब्ध गराएको कागजातको शुद्धताको परिक्षण गर्ने काम मूल्यांकनकर्ताले गर्न नपाइने कुरा सार्वजानिक भएको छ ।

चितवन च्याप्टरका उपाध्यक्ष पुरन सुवेदीले २४ गतेदेखिनै बैंक तथा वित्तीय संस्थामा धितो मुल्यांकनको काम रोकिएको बताएका छन् । चितवनमा ४० जना संगठित धितो मुल्यांकनकर्ता इन्जिनियरहरु छन् । नेपाल भ्यालुयर्स एसोसिएसनले आज देशभरका च्याप्टरहरु मार्फत विरोध तथा धर्ना गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !