सर्वोच्च अदालतमा परिसरमा बारको धर्ना, सुरक्षा व्यवस्था कडा
काठमाडौँ। नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ ।
उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आन्दोलनकारीहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको तयारी छ । जहाँ सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
बारको आन्दोलनलाई समर्थन गरेको सर्वोच्च अदालतकै न्यायाधीशहरू आजबाट इजलासमा फर्किदै छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने राणाले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका हुन् । तर, बारले भने राणाको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।