८ मंसिर २०८१, शनिबार

आज पनि किन बसेन प्रधानन्यायाधीश राणाले तोकेको इजलास ?



काठमाडौं । चोलेन्द्र शम्शेर राणाले आज बुधबार पनि ११ इजलास तोकेका थिए । राणाले तोकेको इजलास आज पनि नबस्ने भएको छ । प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै तीन दिनदेखि न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् ।

उनले आज आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका थिए । संवैधाानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन राखिएको छ । राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।

अन्य न्यायाधीशहरुले इजलास सुरु नगरेर आन्तरिक छलफलमै व्यस्त रहेका बेला प्रधानन्यायाधीश राणाले भने एकल इजलास सुरु गरेका छन्।

 

 

 



प्रतिक्रिया दिनुहोस !