८ मंसिर २०८१, शनिबार

शेयर बजारमा सुधार,आजकाे काराेबार रकम कति ?



काठमाडौं । दशैं अघिसम्म लगातार जसो घटेको शेयर बजार दशैं पछि भने सुधारको दिशमामा देखिएको छ । आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ ।

अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।

मंगलबारमात्रै नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार देखिएको छ । दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ । य



प्रतिक्रिया दिनुहोस !