३ मंसिर २०८१, सोमबार

शेयर बजारमा उच्च वृद्धि, बजार हरियाली



काठमाडौं । साताको चौथो बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा उच्च वृद्धि देखिएको छ । बुधबार नेप्सेमा ६० दशमलब ५६ अंकको वृद्धिसँगै नेप्से २ हजार ५ सय ७१ दशमबल ६६ अंकमा पुगेको छ । बुधबार २ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा अडिएको थियो । आज ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको छ । आजको कारोबारमा पनि ६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बुधबार आँखुखोला जल विद्युत कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, युनिभर्सल पावर , मैलुङ खोला जलविद्युत कम्पनी, नेशनल हाइड्रो पावर,सिएचडिसी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । भने बुधबार नविल बैंकको ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !