८ मंसिर २०८१, शनिबार

९ गतेको बैठक स्थगित, अर्को बैठक ११ गते बस्ने



काठमाडौं। प्रतिनिधिसभाको कात्तिक ९ गते बोलाइएको बैठक कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको छ। उक्त बैठक दुई दिनपछि सार्दै कात्तिक ११ गते दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ।

यसअघि बसेको प्रतिनिध सभाको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले कात्तिक ९ गने दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए। तर, मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश भनेर उक्त बैठक स्थगित गरिएको हो।

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७८ कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखज्यूले २०७८ कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

 



प्रतिक्रिया दिनुहोस !