सेयर बजार १०१ अंकले घट्यो, कारोबार पनि घट्यो
काठमाडौं। सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ ।
वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो । निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साँढे १ बजेसम्ममा १०१.९२ अंकले घटिसकेको छ ।
यस अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।