४ मंसिर २०८१, मंगलवार

अध्यक्ष महर्जनको सम्झनामा देशभरका सुनचाँदी पसल बन्द



काठमाडौं। आज देशभरका सुनचाँदी पसल नखुल्ने र कारोबार बन्द हुने भएको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएपछि उनको सम्झनामा देशभर सुनचाँदीको कारोबार नहुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी महर्जनको सम्झनामा कारोबार बन्द गरिएको बताए । उनले भने, ‘हामी दुई वटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिने छ ।’ महर्जनको उपचारका क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज उनको पशुपतिमा अन्त्येष्टि गरिँदै छ ।



प्रतिक्रिया दिनुहोस !