४ मंसिर २०८१, मंगलवार

सेयर बजारमा उच्च अंकको गिरावट



काठमाडौं। सोमबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको डेढ घण्टामा सेयर बजार ५४ अंकले घटेको छ । यस अवधिमा ९८ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ः३० सम्मका १८५ कम्पनीको सेयर किनबेच भएका छन् । त्यसमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । बोटलर्स नेपाल, एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त र एनआईसी एशिया डिभेन्चरबाहेक सबैको सेयर मूल्य घटेको छ ।

दशैंअघिको साता सेयर बजारमा मूल्य वृद्धिको संकेत देखिएको थियो । पहिलो दिन नेप्सेमा वृद्धि देखिएपनि दोस्रो दिन उच्च गिरावट देखिएको छ । बाणिज्य बैंकहरूले साढे ११ प्रतिशतसम्म व्याजमा निक्षेप उठाउन थालेपछि सेयर बजारमा उच्च गिरावट देखिएको जानकारहरूले बताएका छन् ।

कात्तिक १ देखि लागू हुने गरि हिमालयन बैंकले ११.६७ प्रतिशत व्याज अफर गरेको छ भने एनआइसीले ११.१ र लक्ष्मी बैंकले ११.०५ प्रतिशत व्याजमा निक्षेप उठाउन थालेको छ ।

नेप्से परिसूचक २६०२ मा झरेको छ । यो अंक गत असार यताको सबैभन्दा कम अंक हो ।



प्रतिक्रिया दिनुहोस !