८ मंसिर २०८१, शनिबार

नुवाकोट किस्पाङमा बस दुर्घटना, २ जनाको अवस्था नाजुक



काठमाडौं। नुवाकोटको किस्पाङमा सोमबार बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका–५, माने गाउँमा दुर्घटना भएको हो । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना लगत्तै घाइतेहरुको उद्धार गरी त्रिशूली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !