लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुदैँ
लुम्बिनी। लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने जनाएको छ । गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम समेत राखिएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याएको छ ।
साउन २८ गते चारदलीय गठबन्धन सरकार बनेपनि दलहरुबीच मन्त्रालय र मन्त्रीको भागबण्डामा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।