८ मंसिर २०८१, शनिबार

दुई छोराको हत्यापछि आमाले गरिन् आत्महत्या



धनुषा। धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुडियादेवी साहले दुई छोराको हत्यापछि आफै आत्महत्या गरेकी हुन् ।

धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् । गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरीले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भईरहेको छ।

गुडिया शाहले दुई छोराको घाँटी कसेर हत्या गरेपछि आत्महत्या गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।

 



प्रतिक्रिया दिनुहोस !