२ मंसिर २०८१, आईतवार

सर्पको टोकाईबाट एक बालिकाको मृत्यु



कावासोती। पूर्वी नवलपरासीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

मध्यविन्दु नगरपालिका १३ कोतथर निवासी १५ वर्षीया प्रविता कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आफ्नै गोठमा राखेको लुगा निकाल्ने क्रममा उनलाई सर्पले दाहिने खुट्टामा डसेको थियो। कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल, डण्डा ल्याइए पनि थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएकामा साँझै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

नवलपुरमा अहिले दैनिक जसो सर्पको टोकाईका घटनाहरु प्रसस्त मात्रामा घटिरहेका छन्। मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक जसो सर्पले डसेका बिरामीहरु आउने गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस !