कारबाहीमा परे चितवनका ६ मेडिकल
चितवन। चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ मेडिकललाई स्थानिय प्रशासनले कारबाही गरेको छ ।
भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ति ६ मेडिकललाई कारबाही स्वरुप रु. पाँच हजारदेखि रु. तीन लाखसम्म जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल टेन्टल क्लीनिक, भरतपुर पोलिक्लीनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो टेन्टल छन् । उपभोक्ता संरक्षण विभागले तोकेको बजार निरीक्षण अधिकृत सहायक प्रमुख जिल्ला अधिकारीले ती संस्थालाई कारबाही गरेका हुन् ।
नवल टेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई रु. तीन-तीन लाख जरिवाना तोकिएको छ । मिराकल फर्मालाई रु. दुई लाख ५० हजार, रिजन फार्मेशिलाई रु. २० हजार र अपोलो डेन्टल क्लीनिकलाई रु. पाँच हजार जरिवाना तोकिए छ ।
मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिई सञ्चालन गरेकोलगायतका कारण उनीहरुलाई कारबाही गरिएको हो ।