८ मंसिर २०८१, शनिबार

देशमा गणतन्त्र होइन राजतन्त्रको आवश्यकता छ : केसी



बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको भताएता पनि राजनीतिक दलले यसलाई व्यापार बनाएको छ।

सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै अध्यक्ष केसीले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् । सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद दल विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकेपछि अध्यक्ष केसीले यसबारे मुख खोलेका हुन् ।

दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुने हुँदा प्रतिनिधिहरू सरकारमा बसेर भन्दा प्रतिपक्षमै बसेर खबरदारी गर्ने उचित रहला ।

राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको छ । यस्ता विभिध गतिबिधिका कारण देशको अवस्थाले देशमा गणतन्त्र होइन राजतन्त्र मागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !