२ मंसिर २०८१, आईतवार

भोलिदेखि एमाले विधान महाधिवेशन सुरु, खाना र बस्ने ठाउँको जिम्मा सरकारको (विज्ञप्ति सहित )



काठमाडौं। भोलि शुक्रवारदेखि नेकपा एमालेको विधान महाधिवेशन शुरू हुने भएको छ ।

ललितपुरको गोदावरीमा हुने महाधिवेशनमा देशभरबाट आएका ६ हजारभन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । असोज १५–१७ गतेसम्म चल्ने महाधिवेशन अवधिभर बिहानको खाना केन्द्रीय कमिटीले महाधिवेशन स्थलमै व्यवस्था गरेको छ भने साँझको खाना र आवासको व्यवस्था प्रदेश कमिटीले गर्ने जनाइएको छ । महाधिवेशनका क्रममा दिउँसो खाजाको व्यवस्था समेत गरिएको छ ।

निजी सवारीसाधन नभएका प्रतिनिधिलाई सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिएको समितिले जनाएको छ ।

पढ्नुहोस् प्रेस विज्ञप्ति –

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !