८ मंसिर २०८१, शनिबार

किन ८ मिनेटमै सकियो प्रतिनिधिसभाको बैठक ?



काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठक ८ मिनेटमै सकिएको छ ।

संसदको बैठक सभामुख अग्निप्रसाद सापकोटाले सुरु गरे लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरे ।

बैठकको सुरुमा उनले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाएका थिए । त्यस्तै उनले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए ।

त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए । बैठकमा उनले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका थिए ।

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर भन्ने जस्ता नारा लगाएका थिए । प्रतिनिधिसभाको बैठक यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !