परराष्ट्रमन्त्री खड्काको सपथ गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पद तथा गोपनियताको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको सपथ गराइएको जिकिर गर्दै सपथको बदरको मागसहित रिट दायर गरेका हुन् ।
सपथसम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्काले परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । भदौ ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी हुन् ।