२ मंसिर २०८१, आईतवार

किन अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन ?



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनेका थिए तर मंगलबार बसिएको बैठकले पनि मन्त्रिपरिषद विस्तार गर्न सकेन ।

बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।

अढाई महिना हुँदा बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्या भने टुङ्ग्याएका छन् । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।

तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा। मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !