८ मंसिर २०८१, शनिबार

हार्दिक श्रद्धाञ्जली : स्याउका पीता बुद्धिरत्न शेरचनको निधन



मुस्ताङ। मुस्ताङ जिल्लाको लागि स्याउको जन्मदाताको रूपमा परीचित बुद्धिरत्न शेरचनको निधन भएको छ ।

हिजो साँझ ८ बजेर ४५ बजे शेरचनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि शारीरिक रुपमा अस्वस्थ्य रहेका शेरचन उपचारको क्रममा निधन भएको हो ।

म्याग्दीको सिंगामा जन्मिएका शेरचन मुस्ताङमा स्याउ खेती गर्नुपर्छ भन्ने दीर्घकालीन सोच बनाएर अघि बढ्ने एक मात्र व्यक्ति थिए। अहिले हजारौं स्याउ खेतीबाट आम मुस्ताङ बासिले मनग्ये आम्दानी गर्छन् । मुस्ताङको स्याउ खेती आम मुस्ताङबासिको लागि दैनिक रोजिरोटिको गतिलो श्रोत बनेको छ ।



प्रतिक्रिया दिनुहोस !