५ मंसिर २०८१, बुधबार

असोज १३ गते कर्मचारीलाई सार्वजानिक बिदा



काठमाडौं। महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ ।

असोज १३ गते जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो । सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ ।

जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् ।
महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ ।

जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् ।

 



प्रतिक्रिया दिनुहोस !