स्वस्थ्य रहन के गर्नुपर्छ ? आउनुहोस् पढौं केहि टिप्स
एउटा व्यक्तिका लागि स्वस्थ्य रहन एकदमै आवश्यक छ । भनिन्छ नि मानिसका लागि उसको स्वास्थ्य अमुल्य धन हो । त्यसैले स्वस्थ रहन अपनाउनुस्, यी टिप्सहरु :
१. बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायाम तथा योगाहरु गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।
२. सन्तुलित ब्रेकफास्ट नियमित रुपमा सेवन गर्नुहोस् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उम्लेको अण्डा पर्दछन् ।
३. धेरै मान्छेलाई राम्ररी दाँत माझ्न समेत आउँदैन । नमिलाइकन दाँत माझ्दा दाँत नमाझेसरह खराब गर्छ । धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।
४. लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् त्यसैले विभिन्न किसिका संक्रमणबाट बच्न काँचो लसुनको सेवन गर्नुपर्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिदा हुन्छ ।
५. दूध वा दही खाएर वा चक्की खाएर भएपनि हाम्रो शरीरलाई आवश्यक पर्ने क्याल्सियम शरीरलाई दिलाउनुस् । जति उमेर बढ्दै गयो त्यति नै हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्ने हुन्छ । ।