खैरहनी नगरपालिकाको कांग्रेस महाधिवेशन सम्पन्न, को–को भए निर्वाचित ?
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खैरहनी नगरपालिकाको निर्वाचन सम्पन्न भएको छ ।
आइतबार बिहान आएको मतपरिणाम अनुसार नगरपालिकाको सभापति पदको प्रतिष्पर्धा गुणराज श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी भएका छन भने, उनको प्रत्यासी शशीकुमार खनियाँले १४२ मत ल्याएका छन् ।
त्यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी १४२ मत र बिक्रम पन्जियार १३५ मत, सचिवमा अनुप अधिकारी १५५ मत र टिकादत्त इटनी १५३ मत , सहसचिवमा राजेन्द्र रिजाल १३९ र अमृता उप्रेती १३६ मत ल्याएर विजयी भएका छन् ।