८ मंसिर २०८१, शनिबार

चाडपर्वलाई लक्षित गर्दै भरतपुर महानगरका तीन ठाउँमा हेल्प डेस्क सञ्चालन



चितवन । दशैं, तिहार र छठ पर्वलाई लक्षितगरि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाका तीन ठाउँमा नागरीक सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गरेको छ । शनिबारदेखि नारायणगढ बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा हेल्प डेस्क सञ्चालन गरिएको हो ।

चाडपर्वमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले हेल्प डेस्क सञ्चालमा ल्याएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिएका छन् ।

चाडपर्वको बेलामा यात्रुहरु ठगिन सक्ने भएकाले उनीहरुको सहायताका लागि हेल्प डेस्क सञ्चालन गरिएको थापाले बताए । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई कुनै समस्या आइपरे हेल्प डेस्कमा खबर गर्न समेत थापाले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !